SHARE
बुटवल टुडे · बुधबार ३२ असार २०८२ ०९:११ AM · 1 मिनेट पढाइ

त्रिवि इन्जिनियरिङ शिक्षकहरूको आन्दोलनले पाँच क्याम्पसमा पढाइ ठप्प

 काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानका शिक्षकहरूले स्वायत्तताको माग गर्दै पठनपाठन ठप्प पारेका छन्। १९ असारदेखि आन्दोलनरत प्राध्यापकहरूले २५ गतेदेखि पाँचवटै क्याम्पसमा कक्षा बन्द गरेका हुन्। पुल्चोक, थापाथली, पूर्वाञ्चल, पश्चिमाञ्चल र चितवन क्याम्पसमा पठनपाठन रोकिएको छ। प्राध्यापक संघका अनुसार केन्द्रले डिन कार्यालयको आर्थिक र प्रशासनिक अधिकार कटौती गरेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्।