SHARE
बुटवल टुडे · बुधबार ३२ असार २०८२ ०९:२६ AM · 1 मिनेट पढाइ

राप्ती गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

लमही , ३२ असार । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ लाई बुधबार एक विशेष समारोहका बिच बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। राप्ती गाउँपालिकाको पहिलो वडाको रूपमा अघि सारिएको वडा नं. ८ को घोषणाले सम्पूर्ण पालिकामा बाल अधिकार र संरक्षणप्रति गम्भीर प्रतिबद्धता प्रस्तुत गरेको छ।