SHARE
बुटवल टुडे · बुधबार ३२ असार २०८२ ०९:३४ AM · 1 मिनेट पढाइ

स्पेन भ्रमणमा हराएका व्यक्तिबारे अनुसन्धान भइरहेको छ : मन्त्री गुरुङ

 काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले स्पेन भ्रमणपछि नफर्किएका व्यक्तिहरूको विषयमा सरकारले अनुसन्धान गरिरहेको बताएका छन्। बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन स्पेन गएका केही व्यक्ति सरकारी सूचीबाहिर गएर नफर्किएको विषयमा सरकारले ध्यान दिएको स्पष्ट पारे।