SHARE
बुटवल टुडे · बुधबार ३२ असार २०८२ ०९:४० AM · 1 मिनेट पढाइ

गभर्नर पौडेलको हस्ताक्षरसहित नयाँ हजारको नोट आउँदै

काठमाडौँ । सरकारले १ हजार रुपैयाँ दरको नयाँ नोट छाप्ने निर्णय गरेको छ। नवनियुक्त गभर्नर विश्व पौडेलको हस्ताक्षर रहने उक्त नोट छपाइका लागि हालैको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले “नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रकाशित गर्न चित्र र आकार स्वीकृत गर्ने” निर्णय गरेको हो।