सीएनएनसहित तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश दिन अदालतको आदेश
काठमाडौं । अमेरिकी संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउस प्रवेशको अनुमति पुनः दिन आदेश दिएको छ । अमेरिकी जिल्ला न्यायाधीश टिमोथी केलीले बिहीबार यस्तो आदेश दिएका हुन् । ट्रम्प प्रशासनले तीन सञ्चारमाध्यमको ह्वाइट हाउस प्रवेश रोक्ने निर्णयविरुद्ध ती संस्थाले दायर गरेको मुद्दामा अदालतले प्रारम्भिक रूपमा प्रशासनको कदम संविधानविपरीत हुन सक्ने ठहर गरेको रोयटर्सले जनाएको छ । ट्रम्पले गत साता ती सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएका थिए ।