SHARE
बुटवल टुडे · बिहीबार १ साउन २०८२ ०१:३२ AM · 1 मिनेट पढाइ

रोपेको धान खेतमा पटपटी धाँजा 

सुनवल, ०१ साउन । असार महिनामा समेत वर्षा नहुँदा पश्चिम नवलपरासीमा भर्खर रोपेको धान खेतमा धाँजा फाट्न थालेको छ । पर्याप्त सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गर्दे आएका किसानहरू अहिले धान रोपेको खेत सुख्खा भएपछि चिन्तित बनेका छन् । अधिकांश स्थानमा अहिले खेतमा चिरा परेको छ भने भर्खर रोपेको धान पहेँलिन थालेको छ ।