SHARE
बुटवल टुडे · आइबार​ १२ असो २०८२ ०६:०३ AM · 1 मिनेट पढाइ

जेनजी प्रदर्शनमा ६५ सय राउन्डभन्दा बढी गोली प्रहार गरेको तथ्य सार्वजनिक

काठमान्डौ, १२ असोज । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले ६५ सय राउन्डभन्दा बढी गोली प्रहार गरेको आन्तरिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रहरीको आन्तरिक अध्ययनअनुसार ती दुई दिनमा मात्र ४ हजार जङ्गी राउन्ड र २५ सयभन्दा बढी रबर बुलेट प्रयोग गरिएको उल्लेख छ ।