SHARE
बुटवल टुडे · आइबार​ १२ असो २०८२ ०६:१८ AM · 1 मिनेट पढाइ

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका–जमरा नलगाउने

काठमान्डौ, १२ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजयादशमीमा सर्वसाधारणलाई टीका र जमरा नलगाउने घोषणा गरेका छन् । दसैँको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्र हाल चरम विध्वंश र शोकको अवस्थामा रहेको भन्दै पर्वलाई केवल पारिवारिक र सांस्कृतिक दायरामै सीमित गर्ने बताएका छन् ।