SHARE
बुटवल टुडे · आइबार​ १२ असो २०८२ ०७:०२ AM · 1 मिनेट पढाइ

बिदाका दिन पनि खुला रहने मानव अधिकार आयोगका कार्यालयहरू

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले दसैँ, तिहार तथा छठलगायतका सार्वजनिक बिदामा पनि आफ्ना कार्यालयहरू खुला रहने जनाएको छ । आयोगले सार्वजनिक बिदाका दिन बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म उजुरी दर्ता गर्न तथा आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न कार्यालय सञ्चालन हुने जानकारी दिएको हो ।