SHARE
बुटवल टुडे · आइबार​ १२ असो २०८२ ०७:३१ AM · 1 मिनेट पढाइ

नेपाल–भारत सीमा खुन्वानमा १४ किलो थाइ गाँजा बरामद, दुई जना पक्राउ

तौलिहवा, १२ असोज । नेपाल–भारत सीमा खुन्वान नाकामा नियमित चेकजाँचका क्रममा भन्सार विभागले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। विभागले शुक्रबार १४ किलो ३ सय ७६ ग्राम थाइ गाँजा बरामद गरी दुई जनालाई पक्राउ गरेको जनाएको छ। बरामद गरिएको गाँजाको अन्तर्राष्ट्रिय बजार मूल्य करिब १४ करोड ३७ लाख ६० हजार रुपैयाँ अनुमान गरिएको छ।