SHARE
बुटवल टुडे · आइबार​ १२ असो २०८२ ०८:१२ AM · 1 मिनेट पढाइ

रोटरी क्लब अफ बुटवल–चौतारीद्वारा पाँच जना अपांगता भएका व्यक्तिलाई ह्वीलचेयर प्रदान

बुटवल, १२ असोज । विजया दशमी पर्वको अवसरमा रोटरी क्लब अफ बुटवल–चौतारीले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै पाँच जना अपांगता भएका व्यक्तिलाई ह्वीलचेयर प्रदान गरेको छ । “मानवीय खुसी बाँड्न पाउनु नै साँचो पर्व हो” भन्ने भावना स्वरूप आयोजित सो कार्यक्रममा अपांगता भएका व्यक्तिहरूलाई सहयोग स्वरूप ह्वीलचेयर हस्तान्तरण गरिएको हो ।