SHARE
बुटवल टुडे · आइबार​ १२ असो २०८२ ०९:५९ AM · 1 मिनेट पढाइ

सेयर बजार अब एक साता नखुल्ने

काठमाडौँ । सेयर बजार अब एक साता नखुल्ने भएको छ । दसैँ बिदाका कारण बजार शनिबारसम्म बन्द हुने भएको हो । दसैँ सकिएपछि आगामी आइतबारदेखि मात्रै बजार खुला हुनेछ । दसैँअघिको अन्तिम कारोबारमा आज बजार ११.५१ अंकले बढेको छ । यससँगै बजार परिसूचक २६६३.५१ विन्दुमा कायम भएको छ ।