SHARE
बुटवल टुडे · आइबार​ १२ असो २०८२ ०१:०२ PM · 1 मिनेट पढाइ

अर्थमन्त्री खनाल अमेरिका र ऊर्जामन्त्री घिसिङ भारत जाने

काठमाडौँ । अन्तरिम सरकारका प्रमुख दुई मन्त्री भारत र अमेरिका भ्रमणमा जाने भएका छन्। अर्थसचिव रामेश्वर खनाल अमेरिका र ऊर्जामन्त्री कुलमान घिसिङ भारत भ्रमणमा जान लागेका हुन्। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौँ बैठकमा भाग लिनका लागि मन्त्री कुलमान घिसिङलाई स्वीकृति दिएको छ।