SHARE
बुटवल टुडे · आइबार​ १२ असो २०८२ ०२:३७ PM · 1 मिनेट पढाइ

जेनजी प्रदर्शन : जघन्य अपराधमा संलग्न बाहेकलाई थुनामुक्त गर्न गृहको सर्कुलर

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा उच्छृङ्खल गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूलाई ‘स्क्रिनिङ’ (छानबिन) गरी रिहा गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले जघन्य अपराधमा संलग्नबाहेकका प्रदर्शनकारीलाई हिरासतमुक्त गर्ने प्रक्रिया सुरु गरेको छ ।