SHARE
बुटवल टुडे · सोमबार १३ असो २०८२ १२:२५ AM · 1 मिनेट पढाइ

१८४ कुकुरलाई रेविजविरुद्ध भ्याक्सिन

नेपालगञ्ज, १२ असोज बाँकेको राप्ती सोनारी गाउँपालिकामा १८४ वटा घरपालुवा कुकुरलाई रेविजविरुद्धको भ्याक्सिन लगाइएको छ । १९औँ विश्व रेविज दिवसको अवसरमा सञ्चालन गरिएको सप्ताहव्यापी अभियानअन्तर्गत पालिकाका ९ वटै वडामा घरपालुवा कुकुरलाई निशुल्क भ्याक्सिन लगाइएको हो ।