SHARE
बुटवल टुडे · सोमबार १३ असो २०८२ ०३:२० AM · 1 मिनेट पढाइ

अपडेट: अर्घाखाँची जीप दुर्घटनामा चार जनाको अवस्था गम्भीर

बुटवल, १३ असोज । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। गुल्मी मदाने गाउँपालिका वडा नम्बर ६ पुर्कौटकी  १० वर्षीया अरूणा थापा र मदाने –७ नेटा खर्कका  १३ वर्षीय नारायण पौडेलको मृत्यु भएको छ । अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी दिवसबहादुर जिसीले दुर्घटनाका घाइते मध्य चार जनाको अवस्था गम्भीर रहेको बताए।