SHARE
बुटवल टुडे · सोमबार १३ असो २०८२ ०३:३६ AM · 1 मिनेट पढाइ

बौद्धहरूको चाडः अशोक विजयादशमी

विजया दशमी हिन्दूहरूको महान् पर्व भन्ने कुरा हामीले सुन्दै, देख्दै र मनाउँदै आएका हौँ । यस पर्वलाई देवी दुर्गाले दानवको नाश गरी देवताको रक्षा गरेको विजयको प्रतीक र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको सन्दर्भमा असत्यमाथि सत्यको जीतको रूपमा मनाउने चलन छ । तर, देवी दुर्गाको नाममा बली दिने प्रचलनले दशैँलाई हिंशात्मक बनाएको आरोप लाग्दै आएको छ ।