SHARE
बुटवल टुडे · सोमबार १३ असो २०८२ ०३:५३ AM · 1 मिनेट पढाइ

हराउँदै पुराना नुनमार्गः पाल्पाको इतिहास बिर्सिदैं

पाल्पा, १३ असोज । तिनाउ गाउँपालिका, सत्यवतीका ८० वर्षीय सुनविर गाहाउमेरकाले बताएअनुसार, बाल्यकालदेखि प्रयोग हुँदै आएका नुनमार्ग हराउँदै गएका छन्। पहिले यी बाटो व्यापारीक र महत्वपूर्ण थिए; नुनदेखि सुनसम्म बोक्ने काम यिनै बाटो हुँदै हुन्थ्यो। डोको र बोरा भारी भए पनि पैदल हिँड्नेहरूको जोश र उत्साह उच्च हुन्थ्यो।