SHARE
बुटवल टुडे · सोमबार १३ असो २०८२ ०७:१५ AM · 1 मिनेट पढाइ

नारायणगढ–मुग्लिङ सडकखण्डमा पुनः पहिरो, आवागमन पूर्णरूपमा ठप्प

चितवन, १३ असोज । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा सोमबार पुनः पहिरो खस्दा आवागमन पूर्णरूपमा ठप्प भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार गत बिहीबारदेखि अवरोधमुक्त रूपमा सञ्चालन हुँदै आएको यो खण्डमा आज बिहान अचानक पहिरो खसेपछि सवारीसाधन आवतजावत रोकिएको हो ।