SHARE
बुटवल टुडे · सोमबार १३ असो २०८२ ०७:५८ AM · 1 मिनेट पढाइ

अपडेट: नारायणगढ–मुग्लिङ सडकको पहिरो पन्छाउन करिब ४ घण्टा लाग्ने

चितवन, १३ असोज । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा खसेको पहिरो पन्छाउने कार्य सुरु भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो थप नखसेमा करिब तीनदेखि चार घण्टाभित्र सडक खुल्ने अनुमान गरिएको छ । अहिले कार्यालयका उपकरण र जनशक्ति परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ ।