SHARE
बुटवल टुडे · सोमबार १३ असो २०८२ ०८:२२ AM · 1 मिनेट पढाइ

दसैँका लागि २४ घण्टामा उपत्यकाबाट १ लाख ११ हजारभन्दा बढी यात्रु बाहिरिए

काठमान्डौ, १३ असोज । दसैँ चाड नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट अत्यधिक सङ्ख्यामा यात्रु बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार असोज ११ गते बिहान ६ बजेदेखि १२ गते बिहान ६ बजेसम्मको २४ घण्टामा उपत्यकाबाट १८ हजार ६१३ सवारी साधनमा १ लाख ११ हजार ६३९ यात्रु बाहिरिएका छन् ।