SHARE
बुटवल टुडे · सोमबार १३ असो २०८२ ०८:५७ AM · 1 मिनेट पढाइ

लागू औषध ब्राउन सुगर सहित दुई युवक पक्राउ

‎बाँके, १३ असोज । बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१७ चौलिका चोकबाट दुई युवकलाई लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । ‎ ‎प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत, उत्तर प्रदेश पिलिभित जिल्लाको पुरनपुर थानामा बसोबास गर्ने २६ वर्षीय मोहम्मद नाजिम कुरेसी र रुकुम पश्चिम, खलङ्गा नगरपालिका–२ घर भएका २५ वर्षीय सुरेश खड्का रहेका छन् ।