SHARE
बुटवल टुडे · सोमबार १३ असो २०८२ ०१:४० PM · 1 मिनेट पढाइ

संघीय सरकारको बजेट कटौतीले सर्वसाधारण मारमा

पाल्पा, १३ असोज । रिब्दीकोट गाउँपालिका–भैरवस्थानका वडाध्यक्ष सोमबहादुर कार्की संघीय सरकारको बजेट कटौतीका कारण अधुरा योजनाले गाउँलेलाई परेको मारबारे चिन्तित छन् । तीन वर्षअघि सुरु भएको जलवायु अनुकूल खानेपानी योजना अझै पनि अलपत्र छ । टंकी निर्माण अन्तिम चरणमा पुगे पनि पाइपलाइन र विद्युत जडान रोकिएको छ ।