SHARE
बुटवल टुडे · सोमबार १३ असो २०८२ ०१:५७ PM · 1 मिनेट पढाइ

दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं, १३ असोज  । नवरात्रिको सातौँ दिन आज फूलपातीका दिन दुर्गापीठ, दसैँघर, कोत तथा घर–घरमा फूलपाती भित्र्याइएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कचुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने चलन छ ।