SHARE
बुटवल टुडे · सोमबार १३ असो २०८२ ०४:११ PM · 1 मिनेट पढाइ

कार्कीको अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा आलोचना, छानबिन समितिको निष्पक्षतामाथि प्रश्न

काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिसम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगको निष्पक्षतामाथि प्रश्न उठेको छ। आयोगका अध्यक्ष गौरीबहादुुर कार्कीको अभिव्यक्तिलाई लिएर आयोगकै निष्पक्षतामाथि प्रश्न उठेको हो। पूर्वन्यायाधीश समेत रहेका कार्कीले जेनजी आन्दोलनका क्रममा आन्दोलनलाई बल पुग्ने र राजनीतिक दल तथा नेताहरूविरुद्ध अभिव्यक्ति दिएका थिए।