SHARE
बुटवल टुडे · मङगलबार १४ असो २०८२ १२:१९ AM · 1 मिनेट पढाइ

नेपाल वेस्ट इन्डिजविरुद्ध ‘क्लिन स्विप’को लक्ष्यमा

काठमाडौँ । वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिज एक खेलअगावै जितिसकेको नेपाल आज अन्तिम खेल खेल्दै छ। अब नेपाली राष्ट्रिय क्रिकेट टोलीको लक्ष्य सिरिज क्लिन स्विप गर्नु हुनेछ। यसअघि दुई खेलमा वेस्ट इन्डिजलाई लगातार हराउँदै नेपालले तीन खेलको सिरिज जितिसकेको छ। दुईपटकको टी–२० विश्वकप च्याम्पियन टोलीविरुद्ध ऐतिहासिक जित हासिल गरेको नेपाली टोली युनिटी कपको अन्तिम खेलमा उच्च मनोबलमा मैदान उत्रनेछ।