SHARE
बुटवल टुडे · मङगलबार १४ असो २०८२ ०२:३४ AM · 1 मिनेट पढाइ

सबै प्रदेशमा बदली, कहाँ-कहाँ वर्षाको सम्भावना ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रहने सम्भावना रहेको जनाएको छ । यस्तै केही स्थानमा वर्षा हुने सम्भावना देखिएको छ। महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा सामान्यतया बदली रहने छ। तर कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने देखिएको छ।