SHARE
बुटवल टुडे · मङगलबार १४ असो २०८२ ०६:३० AM · 1 मिनेट पढाइ

दशैँमा मानिसको यात्रा र भीडभाडसँगै डेंगी फैलिने जोखिम उच्च

काठमान्डौ, १४ असोज । दशैँमा मानिसहरूको व्यापक यात्रा र जमघटका कारण डेंगी संक्रमण फैलिने जोखिम बढेको स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन् । असोजयता लगातार परेको वर्षाले लामखुट्टे प्रजननका लागि अनुकूल वातावरण सिर्जना गरेको हुँदा आगामी केही सातासम्म डेंगीको जोखिम अझ तीव्र हुने आशंका चिकित्सकहरूले व्यक्त गरेका छन् ।