SHARE
बुटवल टुडे · मङगलबार १४ असो २०८२ ०६:५२ AM · 1 मिनेट पढाइ

१७ वर्षमा समावेशी समूहबाट २५ हजार बढी कर्मचारी स्थायी नियुक्ति

काठमान्डौ, १४ असोज । पछिल्ला १७ वर्षमा समावेशी प्रणालीमार्फत २५ हजार २१८ जनाले निजामती सेवामा स्थायी नियुक्ति पाएका छन् । यो तथ्याङ्क लोक सेवा आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८० /८१ को वार्षिक प्रतिवेदनमा उल्लेख छ । वि.सं. २०६४ सालदेखि प्रचलित कानुनअनुसार आयोगले समावेशी समूहका उम्मेदवारबीच प्रतिस्पर्धा गराई पदपूर्ति गर्दै आएको हो ।