SHARE
बुटवल टुडे · मङगलबार १४ असो २०८२ ०७:१६ AM · 1 मिनेट पढाइ

जेन–जी आन्दोलनपछि मानसिक स्वास्थ्य समस्याका बिरामी बढे

काठमान्डौ, १४ असोज । जेन–जी आन्दोलनपछिका घटनाले देशभर मानसिक स्वास्थ्य समस्या बढाएको चिकित्सकहरूले बताएका छन् । आन्दोलनपछि नयाँ बिरामी उपचारका लागि अस्पताल पुग्न थालेका छन् भने विगतमा निको भइसकेकाहरूमा पनि समस्या पुनः बल्झिएको देखिएको छ । पाटन मानसिक अस्पतालका निर्देशक डा. सुरज तिवारीका अनुसार उपचाररत बिरामीमध्ये कतिपयको समस्या झन् गम्भीर बन्दै गएको छ ।