SHARE
बुटवल टुडे · मङगलबार १४ असो २०८२ ०४:३२ PM · 1 मिनेट पढाइ

नेपालले वेस्ट इन्डिजलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं : नेपालले वेस्ट इन्डिजलाई १२३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। युएईस्थित शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा अलआउट हुँदै १२२ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए। उनले २९ बलमा २ चौका र ३ छक्का प्रहार गरेका थिए।