वन अधिकृत मिश्राको अवैध धन्दा, काठ सहितको ट्याक्टर समातियो
जितपुर, १५ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिका २ पिपरा अन्तर्गत मायादेवी साझेदारी वनबाट अवैध काठ ओसारपसार भएको फेला परेको छ । दसैं विदाको अवसर छोपी सब–डिभिजन वन कार्यालय पिपराका प्रमुख मोहन मिश्राको संलग्नतामा काठ निकासी गरिएको स्थानीयवासीले आरोप लगाएका छन् । स्थानीयले अवैध गतिविधि देखेपछि घेरा हाल्दै प्रहरीले नियन्त्रणमा लिएको काठसहितको ट्याक्टर बुझाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
