SHARE
बुटवल टुडे · बुधबार १५ असो २०८२ १२:१० AM · 1 मिनेट पढाइ

सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित

काठमाडौँ । वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२० आई सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपाल पराजित भएको छ। अन्तिम खेलमा १० विकेटको फराकिलो हार व्यहोरे पनि नेपालले तीन खेलको सिरिजमा २–१ ले नतिजा आफ्नो पक्षमा पारेको छ। नेपालले पहिलो खेलमा १९ रनको जित निकाल्दै पूर्ण टेस्ट टोलीमाथि ऐतिहासिक जित निकालेको थियो।