SHARE
बुटवल टुडे · बिहीबार १ साउन २०८२ ०५:१७ AM · 1 मिनेट पढाइ

संसदको एक समितिको मात्रै बैठक बस्दै

काठमाडौं, १ साउन । संघीय संसद अन्तर्गत आज एक समितिको मात्रै बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारस्थित कार्यालयमा उक्त बैठक बस्नेछ । जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यावसायी परिषद (दोस्रो संसोधन) बिधेयक, २०८१ को सबन्धमा दफावार छलफल हुनेछ । जुन बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।