सबैका लागि आज मात्रै खुलेको भक्तपुरको तलेजु भवानी मन्दिरमा भक्तजनको घुइँचो
काठमाडौँ । भक्तपुरको ऐतिहासिक एवं धार्मिक आस्थाको केन्द्र तलेजु भवानीको मन्दिर आज बिहानैबाट दर्शनका लागि खुला गरिएको छ। हरेक वर्ष महानवमीको दिन मात्र यो मन्दिर सबैका लागि खुला गरिन्छ। महानवमीका दिन तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण आज दिनभर यहाँ दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
