प्रधानमन्त्री कार्कीले दसैँको टीका नलगाउने
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष दसैँको टिका नलगाउने भएकी छन्। बडादसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद् क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
