SHARE
बुटवल टुडे · बिहीबार १६ असो २०८२ १२:५२ AM · 1 मिनेट पढाइ

आज दसैँको टीका लगाउने दिन, उत्तम साइत कति बजे ?

काठमाडौँ । बडादसैँअन्तर्गत आज मुख्य दिन अर्थात् विजया दशमी- मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै हर्षोल्लासपूवर्वक मनाइँदै छ। आज दिनभर टीका लगाउन सकिने भए पनि उत्तम साइत खोज्नेका लागि बिहान ११ बजेर ५३ मिनेटमा रहेको कुरा नेपाल पचांग निर्णायक विकास समितिले यसअघि नै बताइसकेको छ।