SHARE
बुटवल टुडे · बिहीबार १६ असो २०८२ ०४:५५ AM · 1 मिनेट पढाइ

बेलायतको अल्डरसटमा कारको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमान्डौ, १६ असोज । बेलायतको अल्डरसटस्थित फ्लीट रोडमा कारको ठक्करबाट दुई नेपाली वृद्ध पैदलयात्रीको मृत्यु भएको छ । ह्याम्पशायर प्रहरीका अनुसार, बुधबार बिहान करिब ६ः३० बजे निलो स्कोडा कारले ठक्कर दिँदा ७६ र ७७ वर्षका दुई पुरुषको घटनास्थलमै ज्यान गएको हो ।