SHARE
बुटवल टुडे · बिहीबार १६ असो २०८२ ०७:२४ AM · 1 मिनेट पढाइ

आज वडादशैँ: मान्यजनबाट टीका–जमरा ग्रहण गर्ने क्रम जारी

काठमान्डौ, १६ असोज । आज दसैँको प्रमुख दिन विजयादशमी अर्थात् वडादशैँ, देशभर श्रद्धा, भक्तिपूर्वक मनाइँदैछ । दुर्गा पक्षको नवमीपश्चात् दसमी तिथिमा मान्यजनको हातबाट नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा ग्रहण गर्ने परम्परा अनुसार, आज देशभरका घर–घरमा आशीर्वाद लिने क्रम जारी छ । धार्मिक विश्वासअनुसार, रातो टीका शुभ साइतको प्रतीक र जमरा समृद्धिको प्रतीक मानिन्छ ।