SHARE
बुटवल टुडे · बिहीबार १६ असो २०८२ ०७:४२ AM · 1 मिनेट पढाइ

अब भारतीय बैंकमार्फत नेपाली नागरिकलाई रुपैयाँमै ऋणको सुविधा

काठमान्डौ, १६ असोज । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले पहिलोपटक नेपाल, भूटान र श्रीलङ्काका नागरिक तथा व्यवसायिक संस्थाहरुलाई रुपैयाँमै प्रत्यक्ष कर्जा लिन सक्ने व्यवस्था लागू गरेको छ । आरबीआईले बुधबार सार्वजनिक मौद्रिक नीति वक्तव्यमार्फत उक्त नयाँ प्रावधानको घोषणा गर्दै छिमेकी मुलुकहरूलाई लक्षित गर्दै उक्त सुविधा उपलब्ध गराउने जनाएको हो ।