SHARE
बुटवल टुडे · बिहीबार १ साउन २०८२ ०६:१० AM · 1 मिनेट पढाइ

धार्मिक क्षेत्र रेसुङ्गामा एक महिने साउने मेला सुरु

गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर एक महिना धार्मिक मेला लाग्ने गर्दछ । साउन महिना भर सञ्चालन हुने उक्त मेला अवधिभर टाढाटाढाबाट दैनिक सयौं भक्तजनहरु आउने परम्परा रहेको छ ।