SHARE
बुटवल टुडे · बिहीबार १६ असो २०८२ ०८:०१ AM · 1 मिनेट पढाइ

व्यक्तिगत आम्दानी शून्य छ, परिवार शुभचिन्तकको सहयोगले चल्छ: शिक्षामन्त्री पुन

काठमान्डौ, १६ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले सामाजिक सञ्जालमा आफूबारे फैलाइएको भ्रमपूर्ण सूचनाको खण्डन गरेका छन् । विशेषतः आफ्ना सन्तानलाई करोडौं रुपैयाँ खर्चेर विदेशमा पढाएको आरोपप्रति उनले कडा प्रतिक्रिया जनाउँदै आफ्नो व्यक्तिगत आर्थिक स्रोत शून्य रहेको स्पष्ट पारेका छन् ।