SHARE
बुटवल टुडे · बिहीबार १६ असो २०८२ ०८:१४ AM · 1 मिनेट पढाइ

१५ सय डलरभन्दा बढी विदेशी मुद्रा नगदमा राख्न प्रतिबन्ध

काठमान्डौ, १३ असोज । अर्थ मन्त्रालयले अबदेखि १५ सय अमेरिकी डलरभन्दा बढी नगद विदेशी मुद्रा साथमा राख्न नपाइने स्पष्ट गरेको छ । मन्त्रालयले बुधबार राति सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत सूचना सार्वजनिक गर्दै वित्तीय अनुशासन कडाइ गरिएको जानकारी दिएको हो ।