SHARE
बुटवल टुडे · शनिबार ११ असो २०८२ १२:०९ AM · 1 मिनेट पढाइ

पहिलोपटक वेस्ट इन्डिजविरुद्ध खेल्दै नेपाल

काठमाडौँ । नेपाल आज (शनिबार) आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध खेल्दै छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वेस्ट इन्डिजविरुद्ध टी–२० आई सिरिजअन्तर्गत पहिलो खेल खेल्ने भएको हो। यूएईस्थित सारजाह क्रिकेट रगंशालामा नेपाली समयानुसार राति सवा ८ बजेपछि सुरु हुनेछ। यसपछि सिरिजअन्तर्गत नेपालले वेस्ट इन्डिजविरुद्ध दोस्रो खेल सोमबार र तेस्रो तथा अन्तिम खेल मंगलबार खेल्नेछ।