SHARE
बुटवल टुडे · शनिबार ११ असो २०८२ १२:३० AM · 1 मिनेट पढाइ

कमजोर बन्यो मनसुन, स्थानीय वायुको आंशिक प्रभाव, आज कहाँ-कहाँ हुन्छ वर्षा ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।