SHARE
बुटवल टुडे · शनिबार ११ असो २०८२ ०१:१७ AM · 1 मिनेट पढाइ

गुल्मीमा ४ अर्ब  बढीको पशुजन्य उत्पादन 

 गुल्मी, ११ असोज ।  गुल्मीमा पछिल्लो समयमा किसानहरू व्यावसायिक रूपमा पशुपालन क्षेत्रतर्फ आकर्षित हुन थालेका छन् । यसबाट किसानहरूमा समृद्धिको आशा पलाउन थालेको छ । पहाडी जिल्लाहरूमा ठुला उद्योग तथा कलकारखानाहरू नहुने भएका कारण पशुपालन क्षेत्र किसानहरूका लागि एउटा समृद्धिको मुख्य आधार बन्दै जान थालेको छ ।