SHARE
बुटवल टुडे · शनिबार ११ असो २०८२ ०२:४७ AM · 1 मिनेट पढाइ

दसैँ पर्वका रमाइला १५ दिनहरू

धेरै पहिलेको समयमा हरेक वर्षको असार, असोज, पुस र चैतमा दसैँ मनाइन्थ्यो । पछि असोज वा कार्तिकमा र चैतमा दसैँ मनाउने चलन चल्यो । असोज–कात्तिकमा मनाइने दसैँलाई ठुलो वा बडा वा शारदीय दसैँ भनिन्छ भने चैतमा मनाइने दसैँलाई चैते दसैँ भनिन्छ । यस अङ्कमा हामी बडादसैँको चर्चा गर्ने छौँ । नेपालीको सबैभन्दा ठुलो चाड दसैँ हो ।