SHARE
बुटवल टुडे · शनिबार ११ असो २०८२ ०३:२२ AM · 1 मिनेट पढाइ

शिक्षामन्त्री पुनको चेतावनी: शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आइतबार (असोज १२ गते) सम्म शिक्षकहरूलाई तलब नदिने विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी दिएका छन्। मन्त्री पुनले शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै दसैँ-तिहारका बेला तलब निकासा नभएको भन्दै शिक्षकहरूबाट व्यापक गुनासो आइरहेकाले आइतबारसम्म उपलब्ध गराउन निर्देशन दिएका हुन्।