SHARE
बुटवल टुडे · शनिबार ११ असो २०८२ ०८:३५ AM · 1 मिनेट पढाइ

दसैँमा गाउँ फर्किनेको लर्को : अग्रिम टिकट नहुँदा समस्या भएको यात्रुहरूको गुनासो

काठमाडौँ । नेपालीहरूको महान् पर्व विजया दशमी सुरु भएसँगै गाउँ फर्किनेहरूको लर्को लागेको छ । काठमाडौँ उपत्यकाका कलंकी, कोटेश्वर, गौशाला, जडीबुटी लगायतका क्षेत्रमा मानिसहरू गाडी कुरेर बसिरहेका देख्न सकिन्छ । दसैँमा काठमाडौँ उपत्यकाबाट गाउँ फर्किनेको सङ्ख्या उल्लेख्य हुने गर्दछ ।