SHARE
बुटवल टुडे · शनिबार ११ असो २०८२ ०१:५५ PM · 1 मिनेट पढाइ

जेनजीलाई सुदन गुरुङको अपिल- हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान होइन

काठमाडौँ । हामी नेपालका संयोजक सुदन गुरुङले हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान नभएको बताएका छन्। कतिपयले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवास घेराउ गर्न जानुपर्ने भन्दै प्रचार गरेपछि उनले फेसबुकमार्फत त्यस्तो गर्न नहुनेमा अपिल गरेका हुन्।